२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जर्मन कप : बायर्नको रोमाञ्चक जित, आरबी लेपिजिजसँग भिड्ने



अ+ अ-

काठमाडौं। बुधबार राति भएको खेलमा वेरडर ब्रेमेनलाई पराजिवत गर्दै साविकको विजेता बायर्न म्युनिख जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । ब्रेमेनलाई ३–२ गो अन्तरले पराजित गर्दै बायर्नले जर्मन कपको फाइनलमा आरबी लेपिजिजसँग भेट पक्का गरेको हो ।

आरबी लेपिजिज यस अघि नै जमर्न कपको फाइनलमा प्रवेश गरिसकेको छ । अब बायर्नले उपाधिका लागि २६ मे मा आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्नेछ । आरबी लेपिजिजले ह्यामवर्गर एसभीलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षिगत गरेको थियो ।

बायर्नको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले दुई र थोमस मुलरले एक गोल गरे। वेरडरका लागि युया ओसाको र मिलोट रासिकाले एक एक गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्यो । पहिलो हाफमा कुनै गोल नगरेको वेरडरले दोस्रो हाफमा दुई गोल गर्यो । खेल शुरु भएको ३६औं मिनेटमा रोबर्टले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफको ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । उसका लागि थोमस मुलरले गोल गरे । तर बायर्नको अग्रता धेरै समयसम्म टिक्न सकेन । वेरडरले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्यायो । वेरडरका युया ओसाको र मिलोटले दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए ।

८०औं मिनेटमा रोबर्टले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई ३–२ को रोमाञ्चक जित दिलाए ।