१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बुन्डेस लिगा रोमाञ्चक मोडमा



अ+ अ-

काठमाडौं । शीर्ष स्थानको बार्यन म्युनिख रेलिगेसनमा रहेको एफसी नुरिम्बर्गसँग बराबरीमा रोकिएपछि जर्मन बुन्डेस लिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ ।

आइतबार राति भएको खेलमा बार्यन म्युनिखले नुरिम्बर्गसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बार्यनको यस नतिजाले उपाधि दौड खुला भएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड शनिबारमात्र अर्को कमजोर टोली साल्केसँग ४–२ गोलले पराजित भएको थियो । उक्त नतिजाले हौसिएको बार्यन नुरिम्बर्गसँग रोकिँदा डर्टमन्डलाई पनि फाइदा पुगेको छ ।

खेलमा नुरिम्बर्गले सुरुवाती अग्रता लिएको थियो । घरेलु मैदानमा नुरिम्बर्गका माथियस परेराले ४८ औँ मिनेटमा खाता खोलेका थिए । बार्यनका सर्ज ग्रान्बीले ७५ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि नुरिम्बर्गले पेनाल्टीको सदुपयोग गर्न नसक्दा बार्यन हारबाट जोगिएको थियो ।

बराबरीसँगै बार्यनले ३१ खेलबाट ७१ अंक बनाएको छ । बार्यन दोस्रो स्थानमा रहेको डर्टमन्डभन्दा दुई अंकले अगाडी छ । डर्टमन्डको ६९ अंक छ ।