१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बार्सिलोनाका लिजेण्ड जाभीले गरे फुटबललाई बाई बाई



अ+ अ-

काठमाडौं । स्पेनका पूर्व स्टार एवं बार्सिलोनाका खेलाडी जाभी हर्नान्डेजले सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३९ बर्षीय जाभीले बिहिबार राति यस सिजनको अन्त्यसँगै सबै खाले खेलबाट आफुले सन्यास लिने बताए ।

जाभी हाल कतारको अल साद क्लबबाट खेलिरहेका छन् । खेल जीवनबाट सन्यास लिएपनि उनले प्रशिक्षकको रुपमा आफुलाई फुटबलमा सक्रिय राख्ने बताएका छन् । जाभी सन् २०१५ मा कतारी क्लबमा अनुबन्ध भएका थिए ।

‘खेलाडीको रुपमा यस सिजन मेरो अन्तिम हुनेछ । २१ बर्ष खेल्दा मैले जे जस्तो गरें । राम्रै गरें, जस्तो लाग्छ । अब नयाँ पुस्तालाई पनि मैदान छाड्न आवश्यक छ,’ जाभीले भने । उनले खेलाडी जीवनपछि आफु प्रशिक्षकको रुपमा फुटबल विकासमा सक्रिय रुपले लागि पर्ने पनि बताए ।

जाभी बार्सिलोनाका लागि सवार्धिक खेल खेल्ने खेलाडी पनि हुन् । पूर्व कप्तान समेत रहेका उनले बार्सिलोनाको सिनियर टोलीबाट ५०५ खेल खेल्दै ५८ गोल गरेका छन् । अल सादबाट ८२ खेल खेलेका उनले २१ गेल गरेका छन् ।

सन् २००० देखि २०१४ समम स्पेनको राष्ट्रिय टोलीका खम्बा रहेका जाभीले देशका लागि एक सय ३३ खेलमा १३ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।