१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुम्बईसँग टिक्न सकेन कोलकाता, हैदराबाद ‘प्लेअफ’मा



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिगमा आइतबार राती भएको खेलमा मुम्बई इण्डियन्स बिजयी भएको छ । मुम्बई इण्डियन्स बिजयी भएसंगै कोलकाता नाइट राइडर्स ‘प्लेअफ’बाट बाहिरिएको हो।

मुम्बईले कोलकोतालाई २३ बल बाँकी छँदा ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। यस हारले सनराइजर्स हैदराबाद रनरेटका आधारमा ‘प्लेअफ’मा पुगेको छ।

यस्तै जितसँगै मुम्बई लिगको शीर्ष दुईमा पुगेको छ।

अनिवार्य जितको लक्ष्यका साथ मैदानमा उत्रेको कोलकाताले पहिले ब्याटिङ गर्दै सात विकेटको नोक्सानीमा १३३ मात्र बनाउन सक्यो। त्यसपछि १३४ रनको जवाफी लक्ष्य पछ्याउन आएको मुम्बईले सो लक्ष्य मात्र एक विकेटको क्षतिमा १६.१ ओभरमा हासिल गर्‍यो।

मुम्बईका लागि रोहित शर्माले ४८ बलमा अविजित ५५ रन जोडे, यस क्रममा उनले ८ चौका प्रहार गरे। यस्तै क्वीटनले २३ बलमा ३० रन जोडे भने सूर्यकुमार यादवले नटआउट ४६ रन जोडे।

हिजोको खेलमा कोलकोतालाई आन्द्रे रसेल खराब प्रदर्शन र रोविन उथप्पाको सुस्त ब्याटिङ महँगो पर्‍यो। कोलकातालाई २९ बलमा ४१ रन जोड्दै क्रिस लिनले राम्रो सुरूवात दिलाएका थिए भने उथप्पाले ४७ बलमा ४० रन बनाएर सुस्त खेले।

यी दुईका अलावा नितिश राणाले १३ बलमा २६ रन जोड्नु बाहेक कोलकाताका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।

मुम्बईका लागि लसिथ मलिंगाले ३ विकेट लिए भने हार्दिक पाड्या र जसप्रीत बुमराहले समान २-२ विकेट लिए।