१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घरेलुु मैदानमा ‘दादागिरी’: लिभरपुलसँग बार्सिलोना फराकिलो गोल अन्तरले पराजित



अ+ अ-

काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाविरुद्ध अपत्यारिलो ४-० को जित निकाल्दै समग्रमा ४-३ ले विजयी हुदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बार्सिलोनाविरुद्ध महत्वपूर्ण जित निकाल्ने क्रममा डिभोक ओरिगी र जिओर्जीनिओ विजनालडमले २-२ गोल गरेका थिए ।

आफ्ना प्रमुख दुई खेलाडी मोहमद सलाह र रोबर्टो फिर्मिनो बिना खेलेको लिभरपुलले आफ्नो घरेलु मैदानमा उत्कृष्ट फुटबल खेल्दै प्रतियोगितामा कमव्यक गरेको हो । पहिलो हाफको सुरुवाती सात मिनेटमा नै ओरिगीले पहिलो गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा तीन गोल थपेको थियो । दोस्रो हाफमा सब्सटिच्युटको रुपमा मैदानमा आएका विजनालडमले खेलको ५४ र ५६ मिनेटमा गोल गरेपछि लिभरपुल ३-० ले अगाडी भएको थियो । त्यसपछि ओरिगीले खेलको ७९औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारेका थिए ।

योसँगै लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । लिभरपुल योसँगै युरोपियन प्रतियोगिताको नवौ पटक फाइनलमा पुगेको हो । लिभरपुल लगातार च्याम्पियन्स लिगको फाइनलमा पुग्ने दोस्रो प्रिमियर लिग क्लब समेत बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेड सन् २००८ र २००९ मा लगातार फाइनलमा पुगेको थियो ।

लिभरपुलसँगको पीडादायी हारपछि बार्सिलोना पछिल्लो ४ च्याम्पियन्स लिगमा तीन पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

अब लिभरपुलले टोटनह्याम र अयाक्सबीचको खेलका विजेतासँग यस बर्षको च्याम्पियन्स लिग फाइनल खेल्ने छ ।