१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु



अ+ अ-

कोलम्बो । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन । उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको ठाउँ हो । 

जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए । (रासस-एएफपी)