५ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वकप क्रिकेट आजदेखि, १० टोली सहभागी



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १२औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । घरेलु मैदानमा इङ्ल्यान्ड सुखद सुरुवात गर्ने योजनामा छ । दक्षिण अफ्रिका पनि पहिलो खेलमै घरेलु टोलीलाई निराश बनाउने दाउमा छ ।

इङ्ल्यान्डले यसपटक विश्वकप उपाधि घरमै राख्ने योजना सहित बलियो तयारी गरेको छ । हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड यसपटकको दावेदार टोली हो । इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्ड टोलीमा आत्मविश्वासी र अनुभवी खेलाडीको जमघट छ । सिमित ओभरमा उत्कृष्ट क्रिकेट खेलिरहेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानको साथ बलियो पक्ष हुनेछ ।

यसैगरी सँधै अगाडी बन्दै आएको दक्षिण अफ्रिका पनि यसपटक पुरानो गल्ती सच्याउने अभियानमा छ । दक्षिण अफ्रिकी टोलीमा अहिले क्षमताबान खेलाडी छन् । दक्षिण अफ्रिकाको बलिङ पक्ष निकै बलियो छ । कागिसो रबाडा, डेल स्टेन र लुंगी एनगिदी जस्ता खेलाडीमा विपक्षी ब्याट्सम्यानलाई ध्वस्त पार्ने क्षमता छ । त्यसैले अहिलेसम्म विश्वकपको फाइनलमा स्थान बनाउन नसकेको दक्षिण अफ्रिका यसपटक आक्रामक देखिएको छ । दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

जुलाई १४ तारिखसम्म सञ्चालन हुने विश्वकपका खेलहरु इङ्ल्यान्ड र वेल्समा खेलिनेछ । विश्वकपमा आयोजक इङल्यान्ड सहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोली सहभागी छन् । सहभागी सबै टोलीेले लिग चरणमा एकअर्कासँग एक एक खेल लेल्नेछन् ।

त्यसपछि उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सबै टोलीले एक अर्काविरुद्ध खेल्दा एउटा टोलीले नौ खेल खेल्नेछन् । समग्रमा सबै टोलीले ४५ खेल खेल्नेछन् । सेमिफाइनल दुई र फाइनल एक गरी कूल ४८ खेल हुनेछ

विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो । उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ ।