१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जुन्ता शासनविरोधी ‘मौन हडताल’ले म्यानमारका सहर र सडक खाली



अ+ अ-

याङ्गून । म्यानमारको सेनाले यसै बर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’ सहितका विपक्षी दलहरूको ठूलो समूहले शुक्रबार ‘मौन हडताल’ गरेको छ । हडतालका कारण देशभरका शहर र सहरका सडक खाली भएका बताइएको छ । 

एक स्थानीय निगरानी समूहका अनुसार फेब्रुअरी विद्रोहदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा गोलमाल मच्चिरहेको छ, अर्थतन्त्र टाट पल्टेको छ भने एक हजार तीन सयभन्दा बढी मानिसहरू सुरक्षा बलद्वारा मारिएका छन् ।

हडतालका कारण म्यानमारको व्यावसायिक केन्द्र याङ्गून शहरका सडकहरू उजाड थिए, सडक विक्रेताहरू वा पसलहरू स्वतस्फुर्त बन्द भएका एएफपी संवाददाताहरूले बताएका छन् । 

बौद्ध धर्मावलम्बीहरू अक्सर आगन्तुक तथा तीर्थयात्रीहरूले भरिनेगरेको प्रसिद्ध श्वेडागोन प्यागोडा गुम्बामा खासै चहलपहल नदेखिएको रेस्टुरेन्ट, पसल र मुख्य बजार सबै बन्द भएका दोस्रो शहर मन्डलेका बासिन्दाले एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताए । 

बिहानैदेखि सडकमा स्थानीयले ओहोर दोहोर नगरेको बताइएको छ । स्थानीय सञ्चार माध्यमका चित्रहरूले दक्षिणपूर्वी शहर मौलामाइन र उत्तरी सागाङ इलाकाका शहरहरूमा पनि सडकहरू खाली देखाएका छन् ।

याङ्गूनस्थित अमेरिकी दूतावासले जमघट वा विरोधप्रदर्शनविरुद्ध सुरक्षा फौजद्वारा हिंसाको बढ्दो जोखिमलाई उद्धृत गर्दै आफ्ना नागरिकहरूलाई शुक्रबार सडकमा नबस्न सल्लाह दिएको थियो ।

स्थानीय समयअनुसार अपरान्ह् ४ बजे याङ्गून र छिमेकी सहरहरूमा हडतालको अन्त्य भएको घोषणा सामूहिक रूपमा ताली बजाएर गरेका छन् । (रासस÷एएफपी)