१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानको भिड्दै, कसको जित्ला त ?



अ+ अ-

काठमाडौं । भारत र पाकिस्तानको लडाई राजनितिमा मात्र सिमिति छैन । क्रिकेट मैदानमा पनि यी दुई टोलीको भिडन्तले विश्वको ध्यान तान्ने गरेको छ । आईसीसी एकदिवसीय क्रिकेटमा यिनै चर्चित दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज (आइतबार) प्रतिस्पर्धा हुँदैछ ।

ओल्ड ट्राफोर्ड स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने यस खेलको प्रतीक्षा विश्वभरका क्रिकेट सर्मथकले गरेका छन् । विश्वकपमा भारत आफ्नो चौथो खेल खेल्दै छ । पाकिस्तानले पाँचौं खेल खेल्दैछ । यसअघि तीन खेल सकेको भारत अपराजित यात्रा कायम राख्ने अभियानमा छ । भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो । भारत र न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तीन खेलबाट पाँच अंक बनाएको छ ।

यसैगरी पाकिस्तान पनि भारतलाई हराउन धेरै मिहिनेत गरिरहेको छ । तर, पाकिस्तान यसपटकको विश्वकपमा त्यति जम्न सकेको छैन । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो । चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो । पाकिस्तानले चार खेलबाट तीन अंक बनाएका छ ।

भारत र पाकिस्तान दुवै विश्वकप विजेता टोली हुन् । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको थियो । पाकिस्तानले सन् १९९२ मा उपाधि जितेको थियो । विश्वकपको उपाधि दाबेदार भारत उत्कृष्ट लयमा छ । भारतका प्रारम्भिक ब्याट्सम्यान र बलर बलियो देखिएका छन् । पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर नै हो । यसअघि यी दुई टोलीबीच भएको विश्वकप भिडन्तमा पनि भारत बलियो छ । विश्वकपमा यसअघि भारत र पाकिस्तान ६ पटक खेलेका थिए । जसमा भारतले ६ वटै खेल जितेको छ । त्यसैले आज पाकिस्तानले भारतलाई हराउन हर कोशिष गर्नेछ । भारतले पनि आफ्ना शाख कायम राख्न भरपुर प्रयास गर्नेछ ।