१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यौनकर्मी महिला पक्राउ परेपछि मलाई छाडिदिनुहोस मेरो दुईदिनपछि विवाह छ भनेपछि….



अ+ अ-

काठमाडौं । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो देह व्यापारको सञ्जाल फेला पारेको छ । छापा मारेर २९ जोडी गिरफ्तार गरिएको छ ।

पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अनैतिक देहव्यापारमा लागेको आरोपमा मुद्दा चलाएको छ । प्रहरीले देह व्यापारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त गरेपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा देह व्यापार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि नयाँ तथ्य फेला पर्‍यो । एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो । प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ ।