१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुनियालाई चकित पार्ने फेरी घट्यो यस्तो घटना



अ+ अ-

काठमाडौं । झाँक्रीसँग यौन सम्बन्ध राख्न नमानेपछि श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् ।

३२ वर्षीया महिलाले झाँक्रीसँग यौन सम्बन्ध राख्न नमानेका कारण भारतको उत्तर प्रदेशमा उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाका श्रीमान र झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

पतिले झाँक्रीसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना छोराले देखेपछि सहयोग माग्दै कराएका थिए । त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएको बताइएको छ ।

प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन् ।

सुरुमा घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए ।

घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने झाँक्री नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए । उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ ।

प्रहरीले झाँक्री विरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन् ।