१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ



अ+ अ-

काठमाडौं । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ ।

पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन स् घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

दक्षिण पश्चिममा अग्ला रुख : घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।

घरको बीच भाग खालि राख्ने : घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्ष कहाँ राख्ने : भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

झ्याल ढोकाको सफाइ : घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ। यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

मुख्यद्वारको सजावट : घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

चराहरूलाई दानापानी दिन डुँड : घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।

प्याजी रंग : घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।