१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यौन सम्बन्ध राखेपछि के सोच्छन् त पुरुषहरु ? हेर्नुहोस् बाहिरीयो यस्तो तथ्य



अ+ अ-

काठमाडौं । एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्बन्धमा थप मिठास ल्याउँछ ।

तर एउटा अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिएको छ । अनुसन्धानको परिणाम माथिको भनाईभन्दा फरक निस्किएको छ । अनुसन्धानको अनुसार शारीरिक सम्बन्ध राखेपछि पुरुषहरु दुखी हुन्छन् ।

महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ यस्तो समस्या

यो अनुसन्धान जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो । जसको अनुसार महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् । पीसीडी ९पोस्ट–कोइटल डिस्फोरिया० यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो ।

यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो ।

अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुष गरेका थिए ।