

काठमाडौं । मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।
उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’‘। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।
उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।
समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’