

काठमाडौं । महिला प्रहरी र क्राईम ब्रान्चको संयुक्त टोलीले जनपथमा छापा मारेको छ । प्रहरीले छापा मार्दा यौन व्यवसायमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले घर भाडामा लिएर नै देह व्यापार गर्ने खुलेको छ ।
प्रहरीको टोलीले छापा मार्दा दुई दर्जन युवा–युवतीहरु आपत्तिजनक अवस्थामा भेटिएका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुमध्ये तीनजना स्कुल पढ्ने नाबालिक छात्राहरु पनि रहेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा छापा मार्दा यौन व्यवसायीहरुको अड्डा भेटिएको उत्तर प्रदेशका एसएसपी सन्तोष कुमार मिश्रलाई उद्धृत गर्दै आजतकले लेखेको छ ।