

काठमाडौं । नेपालमा सेक्स यस्तो मसला हो जसमा रुची त सबैको छ तर यसबारे कुरा गर्न सबैजना हिच्किचाउँछन् ।
पुरुषले यदाकदा सेक्स बारे आफ्नो धारणा व्यक्त गरिरहेका हुन्छन् तर महिलाले यसबारे खुलेर कुरा गर्न चाहेको खण्डमा उनीहरुलाई गलत तरिकाले हेरिन्छ ।
सेक्सको मामलामा महिला लाज र सामाजिक बन्देजका कारण धेरैजसो मौन नै रहन्छन् । हुन त प्राचीन नेपाली समाज शारीरिक सम्बन्धको विषयमा निकै खुल्ला विचारको थियो ।
यसको उदाहरण हामीले विभिन्न मन्दिरको टुँडालहरुमा पनि देख्न सक्छौं । तर समाज जतिजति अघि बढ्यो हाम्रो देश शारीरिक सम्बन्धप्रति त्यति नै संकुचित हुँदै गयो ।
महिला–पुरुषको यौन सम्बन्धसँग जोडिएका कुरालाई गोप्य राखियो, यसमाथि पहरेदारी पनि भयो । यद्यपि, अब यौन सम्बन्धको विषयमा पुनः एउटा ठूलो परिवर्तन आइरहेको छ । यस्तो परिवर्तन जुन क्रान्तिकारी छ ।
प्रयोगशालामा बच्चा जन्माउने ट्रेन्ड बढ्नेछः
प्राकृतिक रुपमा सेक्सको अर्थ बच्चा जन्माउने र परिवार बढाउनेसम्म नै सिमित थियो । तर विज्ञानले अब सेक्स बिना नै बच्चा जन्माउने वातावरण बनाइदिएको छ । आइभीएफ र टेस्ट ट्युबमार्फत् यो पूर्ण रुपमा सम्भव छ ।
संसारको पहिलो टेस्ट ट्युब बेबी सन् १९७८ मा जन्मिएको थियो । त्यसपछिदेखि अहिलेसम्म करिब ८० लाख बच्चा यो प्रविधीमार्फत् जन्मिएका छन् ।
अनुसन्धानकर्ताका अनुसार भविष्यमा यो तरिकामार्फत् बच्चा जन्माउनेको संख्यामा भारी मात्रामा वृद्धि भएको देख्न सकिनेछ । लेखक हेनरी टी ग्रीलीका अनुसार भविष्यमा २० देखि ४० वर्ष उमेरका स्वस्थ जोडीले ल्याब (प्रयोगशाला) मा गर्भधारण गर्न रुचाउनेछन् । उनीहरु यौन सम्बन्ध बच्चा जन्माउनका लागि नभई शारीरिक आवश्यकता र खुसीका लागि स्थापित गर्नेछन् ।
यदि यौन सम्बन्ध बिना नै बच्चा जन्मिन सक्छन् भने सेक्स किन आवश्यक पर्यो रु सेक्सको काम महिला र पुरुषको शारीरिक आवश्यकता पूरा गर्न र उनीहरु दुबैको सम्बन्धलाई बलियो बनाउनु हो । तर यहाँ पनि धर्मले ठूलो भूमिका खेलेको हुन्छ ।
हरेक धर्मले यौन सम्बन्धको विषयमा विभिन्न प्रतिबन्ध र नियम–कानून तोकेको हुन्छ । ईसाई धर्ममा महिला–पुरुषले बच्चा जन्माउनका लागि मात्र सेक्स गर्नुपर्ने बताएको छ ।
यदि शारीरिक सुख र खुसीका लागि यौन सम्बन्ध स्थापित गरिन्छ भने त्यो अनैतिक मानिन्छ । यद्यपि, ईसाई धर्मकै पुरानो किताबको सोलोमोन सङ्गमा जोसिलो सेक्सलाई उत्कृष्ट बताइएको छ । साथै यौन सम्बन्धलाई श्रीमान–श्रीमतीबीच मात्र नभई दुई प्रेम गर्ने बीचको निजी कुरा भनेर व्याख्या गरिएको छ ।
ग्रिसका ठूला दार्शनिक अरस्तू यो विषयलाई प्रकाश पार्दै भन्छन्, ‘प्रेम कामुक इच्छाको अन्त्य हो । अर्थात्, यदि दुई व्यक्तिबीच प्रेम छ भने शरीरिक सम्बन्ध स्थापित भएपछि त्यसको उद्देश्य पूरा हुन्छ । ’ उनका अनुसार सेक्स कुनै साधारण काम होइन । यो कसैलाई प्रेम गर्न र कसैको प्रेम पाउनका लागि एक अत्यावश्यक र सम्मानजनक काम हो ।
जबकी अमेरिकी समाजशास्त्री डेविड हालपेरिनका अनुसार सेक्स, सेक्सका लागि मात्र हुने गर्छ । यसमा आवश्यकता पूरा गर्ने वा सम्बन्ध बलियो बनाउने जस्ता कुनै पनि कुरा संलग्न नहुने उनी बताउँछन् ।
जब मानिसले यौन सम्बन्ध स्थापित गर्न सुरु गरे तब यो शारीरिक आवश्यकता पूरा गर्ने माध्यम भएको हुनसक्छ । र जब परिवार बन्न थाल्यो तब यसलाई सम्बन्ध बलियो बनाउने माध्यमको रुपमा लिइएको पनि हुनसक्छ ।
तर आज समाज पूर्ण रुपमा परिवर्तन भएको छ । आज त यौन सम्बन्ध पैसा दिएर पनि स्थापित गरिँदैछ । धेरै मानिसहरु आफ्नो व्यवसायिक जीवनलाई अघि बढाउनका लागि सेक्सलाई हतियारको रुपमा प्रयोग गर्छन् । यस्तो स्थितीमा कुनै एकको शारीरिक आवश्कता त पूरा हुन्छ नै तर सम्बन्ध बलियो हुने वा भावनात्मक लगाव हुने जस्ता केही कुरा हुँदैनन् ।
यस्तो अवस्थामा सेक्सको अर्थ के हो ? यसको अर्थ यो हो कि सेक्स, सेक्सका लागि मात्रै गरिन्छ । यसमा विवरण नखोजियोस् ।
सेक्स के हो ?
परिवर्तित समयसँगै आज मानवीय सम्बन्ध मात्र परिवर्तन भइरहेका छैनन् । यौन सम्बन्धबारे मानिसहरुको व्यवहार र सम्बन्धप्रतिको सोच पनि परिवर्तन भइरहेको छ । सन् २०१५ मा अमेरिकाको स्यान डियागो युनिभर्सिटीकी प्राध्यापक जीन एम ट्विंगले एक रिसर्च पेपरमा भनेकी थिइन्, ‘सन् १९७० देखि २०१० सम्म अमेरिकाका धेरैजसो मानिसहरुले विवाह बिना नै यौनसम्बन्धलाई स्विकार गर्न सुरु गरेका थिए ।’
नयाँ पीढीका अनुसार यौनिकता, समाजको नियममा बाँधिनु हुँदैन । अनुसन्धानकर्ता ट्विंगका अनुसार यौन नैतिकता समयको पाबन्दी होइन । त्यसमा परिवर्तन हुँदै आएको छ, भइरहेको छ र भविष्यमा पनि हुनेछ । अब त यी परिवर्तन यति तीब्र रुपमा भइरहेको छ कि सायद हामी यो परिवर्तन स्विकार गर्न तयार समेत छैनौं ।
शारीरिक सम्बन्ध महिला र पुरुषबीच मात्र हुँदैन । लेस्बियन र गे रिलेशनशिपलाई पनि विभिन्न देशले मान्यता दिन सुरु गरेको छ । यो कुनै मानसिक र शारीरिक विकृति पनि होइन । यद्यपि, धार्मिक र सामाजिक दुबै रुपमा यसलाई अनैतिक व्यवहार मानिँदै आएको छ ।
धर्मले के पनि भन्छ भने समान लिंग भएका जनावरले पनि आपसमा सम्बन्ध स्थापित गर्दैनन् । किनभने उनीहरुलाई थाहा छ कि यो अनैतिक हो । जबकी विज्ञानले भन्छ कि जापानी मकाक, फ्रुट फ्लाइज, फ्लोर फ्लाइज, अल्बाट्रस पक्षी र बोटल नोज डल्फिनसमेत यस्ता करिब ५ सय प्रजाति छन् जोबीच होमोसेक्सुएलिटी हुन्छ । तर हामी उनीहरुलाई लेस्बियन, गे वा होमोसेक्सुअलजस्ता नाम दिँदैनौं ।
आखिर उनीहरुबीच लाइन कसले कोर्यो ? सायद ती व्यक्तिले जसले सेक्सलाई बच्चा जन्माउनका लागि मात्र आवश्यक ठाने ।
यौन सम्बन्धप्रति मानिसहरुको सोच जति परिवर्तन भयो, त्यति नै मानिसहरुले गे र लेस्बियन सम्बन्धलाई पनि स्विकार गर्न सुरु गरियो ।
हालै १४१ देशमा गरिएको अनुसन्धानले यो बताउँछ कि सन् १९८१ देखि २०१४ सम्म एलजीबीटी समुदायलाई स्विकार गर्ने दरमा करिब ५७ प्रतिशत बढोत्तरी भएको छ । यसमा मिडिया, मेडिकल सपोर्ट र मनोवैज्ञानिक संस्थाको सकारात्मक साथ नै निकै महत्वपूर्ण भूमिका निभाएको छ ।
यसबाहेक आज पोर्न हेर्न चलन जति बढेको छ त्यसले स्पष्ट हुन्छ कि मानिसहरुमा सेक्सको भोक कति धेरै छ । पार्न हेर्दा केही पाइए नपाएपनि सेक्सको इच्छा धेरै हदसम्म शान्त हुन्छ ।
सेक्स पनि परिवर्तन हुनेछः
जानकारले त यो समेत भनेका छन् कि भविष्यमा सेक्स अझै धेरै डिजिटल र सिन्थेटिक हुनेछ । यतिमात्र होइन, भविष्यमा सेक्सका थप नयाँ तरिका सार्वजनिक हुनसक्छन् ।
अहिलेसम्म प्राकृतिक तरिकाले बच्चा जन्माउन असफल भएका व्यक्तिले मात्र टेस्ट ट्युब वा आइभीएफ अपनाइरहेका छन् । भविष्यमा सबैले यो तरिका प्रयोग गर्न सक्ने अनुमान जानकारले गरेका छन् ।
बच्चा जन्माउनका लागि भाले वा पोथीको अण्डाको मिलन जरुरी छ । तर गे र लेस्बियनको सन्दर्भमा यो सम्भव छैन । त्यसरकारण यस्ता मानिसहरुले बच्चाको इच्छा पूरा गर्नका लागि यो प्रविधिको खुबै प्रयोग गरिरहेका छन् । बलिउडमा पनि यसका विभिन्न उदाहरण पाइन्छ ।
कमिटमेन्ट ९प्रतिबद्धता० र विवाहजस्ता सम्बन्धको विषयमा पनि धेरै नयाँ अवधारणा पनि आउन सक्छन् । रोगमाथि नियन्त्रणपछि मानिसको उमेर पनि बढेको छ ।
सन् १९६० देखि २०१७ सम्म मानिसको औसत उमेर करिब २० वर्ष बढिसकेको छ । एक अन्दाज अनुसार २०४० सम्म यसमा चार वर्षको वृद्धि हुनेछ । अमेरिकी जीव वैज्ञानिक स्टिवेन ओस्टडका अनुसार भविष्यमा मानिस १५० वर्षसम्म पनि बाँच्नसक्ने सम्भावना छ । यति लामो जीवनमा एउटै सेक्स पार्टनरसँग जीवन बिताउन मुश्किल हुनेछ ।
त्यसकारण उसले समय–समयमा आफ्नो यौन पार्टनर परिवर्तन गरिरहनेछ । र यसको सुरुवात भइसकेको छ । ठूला शहरमा यसको उदाहरण देख्न सुरु भइसकेको छ । सम्बन्धविच्छेदको मामला बढिरहेका छन् ।
सन २०१३ को सर्वेक्षण अनुसार अमेरिकाको हरेक १० मध्ये चौथो जोडीको दोस्रो वा तेस्रो विवाह हुन्छ । अबको समयमा कमिटमेन्ट वा विवाहित जीवनको विषयमा पनि विभिन्न नयाँ आइडिया सार्वजनिक हुनसक्छ ।
प्रकृतिले आफू अनुरुप मानिसलाई परिवर्तन गरिरहेको छ र यो परिवर्तन भइरहनेछ । अब हामीले आफ्नो सोचमा परिवर्तन गर्न आवश्यक छ ।
सेक्स र यौन रुचीको विषयमा हामीले आफ्नो विचार परिवर्तन गर्ने बेला आएको छ । त्यो दिन टाढा छैन जब सारा संसारले सेक्सलाई खुसी र मनोरञ्जनको माध्यम मान्नेछ, कुनै बच्चा जन्माउने माध्यम होइन ।
ब्रेन्डन एम्ब्रोसीनो बीबीसी फ्युचरबाट