१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धरानमा घट्यो यस्तो अनौठो घटना, थाहा पाउदा प्रहरी नै चकित



अ+ अ-

काठमाडौ । श्रीमतीको इच्छा बिपरीत जबरजस्ति करणी गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीका युवराज कार्की रहेका छन् ।

कार्कीले श्रीमतीलाई इच्छा विपरित सम्बन्ध राखेको भन्दै प्रहरीमा उजुरी गरेपछि उनि पक्राउ परेका हुन् । टेम्के मैयुङ गाउँपालिका भोजपुर माइती भएकी १७ वर्षीया सुनिता थापाले दिएको उजुरीका आधारमा सुनसरी धरान उपमहानगरपालिका ६ का २१ वर्षीय युवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।

श्रीमतीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि बिहिबार नै कार्कीलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ। तर उनिहरुको केहि महिना अघि मात्र विवाह भएको थियो । सुनितालाई उनका पतिले विवाहकै दिनबाट कुटिपिट गर्ने थालेका थिए । आफ्नो इच्छा विपरित सम्बन्ध राख्दै आएको सुनिताको आरोप छ।

उनकी श्रीमतीलाई भने वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । पक्राउ पर्ने कार्की विरुद्ध प्रहरीले जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गराएर अनुसन्धान शुरु गरिसकेको छ।