-अनुराग शाह
साउनको महिना थियो बाबाको पेटमा समस्या आएकोले बाबालाई गाउबाट उपचारका लागि वीर अस्पताल लिएर आएका थियौं । इमर्जेन्सीमा भर्ना गर्नुपर्ने थियो । वीरमा भएको प्रभु बैको काउन्टरमा मान्छेहरु आफ्ना बिरामीलाई चेक गराउन लाइनबद्द थिए ।
म पनि त्यही लाइनमा बसे । बाको अवस्था झन नाजुक झन नाजुक हुँदै थियो । पालो आउन अझै केही घण्टा लाग्ने पक्का थियो । केही घण्टा पर्खिदा बाको अवस्था खतरामा जना पनि सक्थ्यो । लाइनमा भएकाहरुलाई आफ्नो बिरामीको समस्या यस्तो छ भनेर बताएपछी मलाई टिकट काट्न पालो दिए । तीन हज्जारको एउटा टिकट काटेर बिरामी बालाई हस्पिटलको लिफ्ट चढाएर ग्यास्ट्रोमा पु¥याए ।
त्यहा पनि चेक गर्ने लाइन थियो । यहाँ आएका सबैको अवस्था बाकै जस्तो थियो । त्यसैले पालो कुरेर डक्टरलाई देखाए । आँखा हेरेर बा सँग केही भालाकुसारी गरेर डक्टरले हामीलाई इमर्जेन्सीमा जान सुझाब दियो । त्यही सुझाबलाई पालाना गर्दै इमर्जेनीमा गयौं । धेरै पहिला सुनेको थिए वीर हस्पिटलमा बिरामी राख्न बेडको अभाव हुन्छ भनेर । तर हामी जादा केही बेड खाली भएको कारण हामीले त्यो समस्या झेल्न परेन । इमर्जेन्सीमा बाको सबै चेक गरेर अप्रेसन गर्ने कुरा डक्टरहरुले बताए ।
अप्रेसन सुन्ना साथ बा अत्तालिए । मलाई पनि अली डर लाग्यो । अझ डक्टरहरु भन्दै थिए कि बहुत ढिलो ल्याउनु भयो बेलुका सम्म जसरी पनि अप्रेसन गर्नै पर्छ । यदी आन्द्रामा धेरै प्वाल रहेछ भने दिशा पेटभरी छरियर संक्रमन भएको भए अप्रेसन असफल हुनसक्छ । डक्टरको अप्रेसन असफल शब्दले मलाई स्तब्ध बनायो । बाको अगाडि रुदा बालाई नै गार्हो हुने हस्पिटलको चौरमा गएर बहुत रोए । १२ बजे इमर्जेन्सीमा राखेको बिरामीलाई ८ बजे अप्रेसन गर्न अर्को रुममा लगियो ।
अप्रेसनका लागि जनरल अप्रेसन थियटरको मेल वाडको ३२४ बेडमा बालाई अक्सिजन दिएर राखियो । त्यहा पाँच मिनेट राखेर बेडमा बालाई पुनः अप्रेसन कक्षमा लगियो । अप्रेसन असफल भए हामी जिम्मेवार छैनौ भन्ने सम्झौतामा मलाई दस्ताखत गर्न लगाईयो ।
म पहिलो पटक आफ्नै बालाई काट्नलाई अरुलाई अनुमती दिदै थिए । यदी अप्रेसन असफल भएको खन्डमा भोली मेरो आफ्नो मनले मलाई बाको हत्यारा घोषणा गर्न सक्थ्यो ।
अप्रेसन थियटर भित्र बा थिए । हामी बाहिर बाको सफल अप्रेसनको प्रतिक्षामा थियौं । फिल्ममा हिरोईनलाई अप्रेसन गर्दा हिरोले बाहिर प्रतिक्षा गरेको देखेको थिए । त्यही क्रममा कती हिरोईनको अप्रेसन सफल भएर हिरो खुशी भएको देखेको थिए भने कती हिरोईनको अप्रेसन असफल भएर लास देखेर हिरो बेहोस् भएको पनि देखेको थिए । आज आफुलाई पनि त्यही फिल्मको पात्र बनाई रहेको थिए मैले । त्यो मानब निर्मित अभिनय थियो भने यो परिस्थिती सिर्जित अभिनय थियो ।
त्यसमा निदाएकाहरु ब्युझिन्छन भने यस्मा निदाएका हरु कहिल्यै ब्युझिदैनन् । ९ बजे सुरु भएको अप्रेसन १२ बजे सकियो । यो तीन घण्टाको अबधिमा मैले बुझ्ने भएदेखी आजसम्म सबै भन्दा कम्जोर अनुभव गरेको समय थियो । मधेशी मुलको एकजना डक्टरले अप्रेसन थियटरको ढोका खोलेर बाको नाम लिदै अप्रेसन सफल भएको छ भनेर भन्यो । त्यो खबरले पुन मलाई फेरी शक्तिशाली बनायो । अनुहारमा चमक आयो ।
अप्रेसन सकिएपछी बालाई होस् नखुलुन्जेल सम्म अप्रेसन वाडमा अक्सिजन दिएर राखियो । बाको भन्दा पछी अप्रेसन गरेका सबैको होस आईसकेको थियो । बा भने अझै पनि होस् गुमाएर बेड्मा मृत्यु सँग लडिरहेका थिए । आफन्त सबैलाई सोधे ’अप्रेसन गरेको कती घण्टामा होस् आउछ ? भनेर सबैको जवाफ थियो १–२ घण्टामा आइसक्छ । यो जवाफले फेरी मलाई दुखी बनायो । अप्रेसन वाडको बाहिर भुईमा हामी बाको होसको प्रतिक्षामा बसिरहेका थियौ । अप्रेसन गरेको १६ घण्टा पछी बाको शरीरमा होस् आयो, हाम्रो प्रतिक्षा समाप्त भएर हाम्रो मुहार पनि खुशी आयो ।
बालाई त्यही अप्रेसन वाडमा ३ दिन राखियो । त्यो तीन रात हामीले त्यही वाडको भुईमा म्याट्रेस बिछ्याएर रात काट्यौ । बिरामीको नामा भन्दा बेड नम्बर कण्ठ गर्नुपर्ने । यती नम्बरको कुरुवा को हो? यस्तो गर्नुपर्यो । उस्तो गर्नुपर्यो भनेर सेताकोट धारी महिलाहरुले वाडको ढोकाबाट कराउथ्ये हामी पनी त्यही मुताबिक काम गर्थौ ।
तीन दिन पछी बालाई अप्रेसन वाडबाट हुइल्चियरमा राखेर अप्रेसन गर्नुभन्दा अगाडि राखिएको रुममा लिईयो । जनर्लवाडमा लगेपछी बाका साथी मेरा साथी शुभचिन्तककोहरुको भेटघाट चल्यो सँगै बालाई सामान्य बनाउन उपचार पनि चल्यो । एक हप्ता त्यही वाडमा राखेपछी बाको स्वास्थ्यमा क्रमिक सुधार भयो । बा बिरामी हुनु भन्दा अगाडि सरकारी हस्पिटल प्रती बिकास भएको नकारात्मक धारणामा पनि परिवर्तन आयो । यसरी हाम्रो पिरलाई ठीक गर्यो वीरले ।