३० फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गल्ती गरेका कोही उम्कन पाउँदैनन् : मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो । यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएअनुसार नै कारवाहीको प्रक्रिया अघि बढ्ने मन्त्री ढकालले स्पष्ट पार्नुभयो ।

बैठकको प्रारम्भमा काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडूले सरकार समर्थित समूहले नै काङ्ग्रेसका बाँके सभापति किरण कोइरालाको हात भाँचेको आरोप लगाउँदै राजनीतिकरण गर्दा सत्य मर्दछ भन्नेमा सचेत हुन ध्यानाकर्षण गराउनुभएको थियो । सरकारका तर्फबाट जवाफ आउनुपर्ने उहाँले माग गर्नुभएको थियो ।

निवेदन दर्ता भए पनि कुनै व्यक्ति नसमातिएको र दोषीले धम्की दिँदै हिँडिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसद बडूको भनाइ थियो ।