१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाढीका कारण इराकमा १२ को मृत्यु



अ+ अ-

बग्दाद, इराक । अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको समाचारमा जनाइएको छ । त्यसैगरी खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् ।

गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिश क्षेत्रमा भारी बर्षा भएको थियो । घटनास्थल राजधानी बग्दाददेखि ३७५ किलोमिटर टाढा पर्दछ । (रासस/सिन्ह्वा)