
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ । बिहीबार ११ सयले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार ६९ हजार ८ सय रुपैयाँमा सुन कारोबार भइरहेको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम गरिएको छ। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ८५० पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भएको थियो।