१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महामहोत्सव



अ+ अ-

बैतडी । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरु हुनलागेको हो ।

पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउँहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिए । समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको रु २५ लाख सहयोग रहने र बाँकी रकम गाउँपालिका व्यहोर्ने उनले बताए । महोत्सवमा विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने जनाएको छ । बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै जिल्लाका अन्य स्थानका पनि धार्मिक तथा पर्यटकीय स्थानको पनि तस्वीर प्रदर्शनीमा राखिने जनाइएको छ । लोक कल्याणकारी राष्ट्र निर्माण ट्रष्ट सेवाको संयोजनमा हुने महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।