१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुन्तला उत्पादन धरै तर बजार नपाउँदा किसान चिन्तित



अ+ अ-

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार पाउनेमा चिन्तित बनेका छन् । “वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ”, निरौलीका सुन्तला किसान हर्क साउदले भने ।

करीब एक दशकअघिदेखि सुुन्तला खेती गर्दै आएका उनले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानलाई चिन्तित बनाएको बताए । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनले जानकारी दिए । सुन्तला, मौसमी, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आएका साउदले वर्षमा करीब रु एक÷डेढ लाख जति आम्दानी गर्छन् ।

सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिनापानीले क्षति पुर्याए पनि यस वर्ष जिल्लाका ग्रामीण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको किसान बताउँछन् । त्यस्तै बजार व्यवस्थापन र शीतभण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसान मर्कामा पर्ने गरेका छन् । पहिलेका वर्षहरुमा यहाँका किसानका बारीमा सुन्तला किन्न आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएका गड्सेराका अर्का सुन्तला किसान लीलाधर विष्टले बताए ।

उनले भने, “विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धाण गर्थे, यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएका छैनन् ।” जिल्लाका बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला खेती गरिने गरिएको जिल्ला कृषि एकाइ कार्यालयले जनाएको छ ।