१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साउदी अरब नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण



अ+ अ-

साना । साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

युद्धक विमानहरुले गरेका सो आक्रमणको आवाज नै सुनिएको पनि बताइएको छ । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो । इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।

केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । (रासस/सिन्ह्वा)