१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको नौ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ११ लाख ५९ हजार ४०० बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक रु एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३.०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २.५८ प्रतिशतले कमाउँदा साल्ट टेडिङ कर्पोरेशन ९.९०, गुर्खाज फाइनान्स ५.४०, पु्रडेन्डियल इन्स्योरेन्स ५.२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाए ।