१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केही मिनेटभरमै ८ अर्ब डलर कमाउने को हुन् यी व्यक्ति ?



अ+ अ-

विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसले गत हप्ता अर्बौ डलर सम्पत्ति थप्न सफल भएका छन् । अमेजन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएसँगै बेजोसले गत शुक्रबार मात्रै ८ अर्ब डलर आम्दानी गरेका हुन् । शुक्रबार अमेजनको शेयर मूल्य प्रतिशेयर २ हजार डलर पुगेको थियो । अमेजनले त्रैमासिक रुपमा आफ्नो आम्दानी रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।

यस पटक भने कम्पनीले विश्लेषकहरूको अनुमानलाई गलत साबित गराउन सफल भएको छ । किनभने कम्पनीले विश्लेषकहरुले गरेको अनुमानभन्दा बढि मुनाफा गरेको छ । बिहीबारमात्रै अमेजनले आफ्नो त्रैमासिक आम्दानी रिपोर्ट सार्वजनिक गर्यो। रिपोर्ट सार्वजनिक भएसँगै शुक्रबार अमेजनको शेयर मूल्यमा बढोत्तरी भएको हो । सन् २०१८ मा अमेजन पहिलोपटक १ ट्रिलियन डलरको कम्पनी बनेको थियो ।

योसँगै अमेजन शुक्रबार पुनः १ ट्रिलियन डलरको कम्पनी बन्न सफल भयो । नम्वर वान अर्बपति बेजोसको कुल सम्पत्तिमध्ये अधिकांश हिस्सा अमेजनको शेयरकै रूपमा रहेको छ । उनको नाममा कम्पनीको ५ करोड ७५ लाख कित्ता शेयर छ, जुन कम्पनीको १२ प्रतिशत हो । यस अनुसार, शुक्रबार बेजोसको कुल सम्पत्ति १ खर्ब २४ अर्ब डलर पुगेको थियो जसमध्ये अमेजनको शेयरबापतको मूल्य १ खर्ब १५ अर्ब ६० करोड डलर थियो ।