१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सर्वोकृष्ट बर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार



अ+ अ-

काठमाडौं । ग्लोबल आई एम ई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोकृष्ट हुनु भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्य ज्यूले जनहि एक लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रुपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगाएत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्धेश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ । सोहि कार्यलाई निरन्तरता दिदैं १४औं एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड यहि मिति २०७६ साल फाल्गुन ०६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आई एम ई बैंकले खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आईरहेको छ । ग्लोबल आई एम ई बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई समर्ग नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं ।