१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ब्याजदर कटौतीको आशमा बढ्यो सुनको भाउ



अ+ अ-

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा उक्त दिन सुनको भाउ प्रतिऔंस १ हजार ६ सय ढलरसम्मको उच्च बिन्दुमा पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार ५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ४७ प्रतिशत बढी १ हजार ५९९ डलर ७३ सेन्टमा पुगेको थियो ।

सोही अवधिमा यूएस गोल्ड फ्यूचर्स पनि प्रतिऔंस १ हजार ५९४ डलर ८० सेन्टमा किनबेच भइरहेको थियो ।