२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तपाईलाई थाहा छ, सेक्स लगत्तै भन्न नहुने यस्ता कुराहरु



अ+ अ-

काठमाडौं । सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस् । सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ भने यस्ता कुराहरु छन् जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन । सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ ।

१. तुलना गर्नुः आफ्नो पुरुषको बेडको व्यवहारलाई आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नु सबभन्दा नराम्रो मानिन्छ । सेक्स लगत्तै यस्ता कुराहरुलाई आफ्नो दिमागबाट हटाउनुहोस् ।
२. आमाको बारेमा कुराकानीः सेक्स लगत्तै उनको आमासँग सम्बन्धित केहि पनि कुरा नगर्नुहोस् यसले उनको मुडलाई एक सेकेन्डभित्रै बिगारिदिन्छ ।

३. तपाईं अब जान सक्नुहुन्छः तपाईंले सेक्स गर्नुभएको पुरुषको बारेमा जे सुकै सोचे पनि सेक्स लगत्तै उनलाई त्यहाँबाट जानको लागि संकेत गर्नुभयो भने त्यो भन्दा नराम्रो कुरा केहि हुँदैन ।
४. वीर्यस्खलन अहिले नगर्नुहोस्ः सेक्सका दौरान महिलाभन्दा पुरुषको वीर्यस्खलन चाँडै हुने कुरा कसैबाट लुकेको छैन । ‘तपाईंले अलि धेरैबेर गर्नसकेको भए राम्रो हुन्थ्यो’ भन्ने जस्ता कुराहरु भनेर उनको इगोमाथि ठेस नपुर्याउनुहोस् । यसले गर्दा तपाईंको पुरुषलाई अर्को पटकको लागि तनाव हुने गर्दछ र यसले सेक्स लगत्तैको राम्रो मुडलाई बिगार्ने गर्दछ ।
५. नयाँ तरिकाहरु अपनाउनुहोस्ः तपाईंको सेक्स लाइफ एउटै प्रकारको र बोरिङ भएता पनि सेक्स लगत्तै आफ्नो पार्टनरलाई सेक्सको नयाँ तरिकाहरु अपनाउने बारेमा कुरा नगर्नुहोस् । यसले सेक्स पछिको मूड खराब गरिदिन्छ । यस्ता कुराहरुको बारेमा तपाईंले अरु समयमा भन्न सक्नुहुनेछ ।
६. ठिक–ठिकैः सेक्सपछि आफ्नो पार्टनरलाई उनको तरिकाको बारेमा प्रशंसा गर्दा राम्रो हुन्छ । विश्वास गर्नुहोस्, यस्तो कुराले तपाईंको सम्बन्धलाई धेरै लामो समयसम्म राम्रो राख्दछ । तर, यदि तपाईंको पुरुषले आफ्नो तरिकाको बारेमा सोध्दा तपाईंले ठिक–ठिकै थियो भनेर उत्तर नदिनुहोस् । यसो भन्नाले तपाईंको पुरुषलाई आफ्नो व्यवहारको बारेमा सोच्न बाध्य तुल्याउँछ । राम्रो शब्दहरुको प्रयोग गर्नुहोस् ।