१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मृत घोषणा गरेको १० घण्टामा ब्युँझिएपछि…



अ+ अ-

काठमाडौं । ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । युक्रेनको स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो ।

तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । यस पटक परिवारले डाक्टरसँगै प्रहरीलाई पनि बोलाए । डाक्टरले जाँच गरेपछि जीनियाले संसार छोडिसकेको बताए । यसपछि परिवारले क्रिया सुरु गरे । स्थानीय अधिकारीहरूले उनको मृत्यु दर्ता समेत गर्न भ्याए । र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए ।

जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् । उनलाई अस्पताल पनि लगियो ।

३७ वर्षको चिकित्सा यात्रामा यो पहिलो घटना हो, जीनियाको उपचार गर्ने डा. भ्लादिमीर चेकोटारेभले भने । जब जीनयालाई अस्पताल पुर्या‍इयो उनी स्टेज ३ कोमामा पुगेकी थिइन् । स्टेज ३ कोमामा भएका बिरामी एक जिउँदो लाश बनिदिन्छन् । एक हप्ता अस्पतालको बसाईपछि जीनिया कोमाबाट बाहिर आएकी छन् ।

निको भएपछि जीनियाले कोमाको बेलामा देखेका घटना विस्तारमा बताइन्, ‘मैले स्वर्ग देखेको थिएँ, त्यहाँ मैले मेरो बुवालाई बोलाए।’ मैले उनलाई सोधेँ स्वर्गमा बस्न सजिलो छरु मैले उसलाई भेट्ने आशा गरें, तर जब मैले मेरो आँखा खोलें, मेरा वरिपरि सेतो लुगा लगाएका मानिस थिए । मलाई लाग्यो तिनीहरू स्वर्गदूतहरू हुन्, तर उनीहरू डाक्टरहरू थिए। भगवानको कृपाले मैले फेरि जीवन पाएँ।’