१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कबिता : कोरोना संकटमा प्रकृतिको सन्देश



अ+ अ-

– डा. जगन्नाथ श्रोत्रीय (आयूर्वेदाचार्य)

हे सज्जन समाजका अभियन्ता सुन
बुद्घिजीवि राजनीतिका अगुवाले गुन ।
विगतमा ल्पेग तथा फ्लुले लिए ज्यान
नाना थरि अरु आए धेरै लिए प्राण ।

अहिले अर्को रुप लिइ कोभिड भैआयो
विश्वभरिअनगिन्ती जीउज्यानै खायो ।
यसै गरि विषाणुले भर्न लागे मेला
खोप मात्रै कुरेर के समाधान होला ।

विश्वभरिमाछा मासुचिल्लो उपभोग
अत्यधिक बढेको छ प्रयोगको शौख ।
मलढल बगीजादा पानी दुषित हुन्छ
पानी उडि हावा सगै जहाँतहि पुग्छ ।

सास फेदा विषाणु यो स्वास सगै पस्ने
नाक मुखढाकि सधै कसोगरिजीउने ।
घरकाज कारखाना खेती किसान गर्दा
समुहमा जानेै पर्छ मेलापात गर्दा ।

दूषित हुदैगए सवै पृथ्वीका अँग
हावापानी वातावरण तेज सम्मिलित ।
पाँचै अंग स्वच्छ रहे हामी हुन्छौ स्वस्थ
सवै अग दुषित भए हामी रोग ग्रस्त ।

सहरको मलमुत्र ढल खोलातिर
घररोडको नालापानी बग्ने खोलै तिर ।
मृत्यू संस्कार पनि हुन्छ नदी खोला तिरै
सवेैभन्दा प्रदुषित जलतत्व धेरै ।

डिजेलर पेट्रोलका धेरै थरि गाडी
कारखाना हरितगृह सम्मिलित भारी ।
कार्वनको उत्सर्जन गर्दछन् दिनराती
धुलोधुवा सितवायू प्रदुषित अति ।

तेलपानीका डिपवोरिङ्ग भुमि भित्र कति
सुरुङ बाटो खानी भित्र विस्फोटन अति
भुमि तथा समुन्द्रमा प्रक्षेपण जति
कठै पृथ्वी रुदि हुन सम्झि कति कति
प्राकृतिक वनमासि जहाज बसाउदा
खेतीयोग्य जमीनमा बजार वसाउदा ।

उब्जा हुने जमीनको सर्वनाश हुन्छ
अन्न फल मल वीउ सवै किन्नु पर्छ।

पहाड बाटै झरेका छन् हाम्रा नदिखोला
ती खोलाको किनारमा उब्जा हुने पाखा
खेती योग्य जमिनलाई सुरक्षित राख
खेती राम्रो नहुनेमा बसाउ घरवास
प्राकृतिक अन्न वीउ पाइदैनन अव
तागतिला गुण तत्वका हराए ती सव
धेरै फल्ने ठुला हाइव्रेड आए अव
बादर कीरावाट बचे पेट भर्न मात्र ।

प्रदुषित पदार्थले पृथ्वी नै ढाक्यो
यस्तो पृष्टभुमि विच कोरोना यो आयो
प्रकृतिको पुनस्थापन नगराए सम्म
भीषण अर्को नआउला भन्न सकिदैन
बाउन्नमा क्रान्ती लाग्यो छोडि हिडे गाउ
छोडेका ती घरजग्गामा पुन वस्ति बसाउ
पहाडका रमणिय घरबस्ति हेर्न
पर्यटक ओइरिन्छ शान्ति सुख लिन
अप्राकृतिक बस्तुहरु वनाउन रोकौ
वन पैदावर सवै प्रयोगमा ल्याउँ
पहाडमा गोवर ग्यास घर घरै जोडौ
शहरमा विद्युत र सोलार गाडी चढौ
पर्यटक बस्ने थलो गाउ लाई बनाउ
ब्यवसायिक शीप शिक्षा गाउ मार्फत जाउ ।
ढलपानी प्रशोधन देशै भरि गराउ
पाँच वर्ष मै सफा हुन्छन् हाम्रा शहर गाँउ ।