८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मिथिलामा उत्सवका रूपमा तुलसीको दल राखिँदै



अ+ अ-

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो । पूर्वीय दर्शन परम्परामा तुलसीको निकै महत्व रहँदै आएको छ । विविध औषधीय गुणले युक्त तुलसी जेठ शुक्ल एकादशीका दिन दल राखेर एक महिनापछि असार शुक्ल एकादशीका दिन पवित्र मठमा रोप्ने हिन्दू मैथिल परम्परा छ । हरिशयनी भनिने असार शुक्ल एकादशीका दिन आराध्यदेव भगवान् विष्णु समुद्रमा शयन गर्ने र हरिबोधिनी भनिने कात्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू जनविश्वास छ ।

धरातल (पृथ्वी) मा रहेका वनस्पतिमा तुलसीलाई ‘अमृत’ का रूपमा औषधीय महत्वको मानिँदै आइएको छ । खासगरी भगवान् विष्णुसँग जोडिने सबै अनुष्ठानमा तुलसी पत्र ९पात०  अनिवार्य मानिने हुँदा हिन्दू मैथिल घरघरमै पवित्र मठ बनाएर तुलसी रोपण गरिन्छ । जेठ शुक्ल एकादशी अर्थात् आज दल राखिएको तुलसी एक महिनापछि रोप्न योग्य हुने मान्यताअनुरूप असार शुक्ल एकादशीकै दिन पारेर रोपिन्छ । तुलसीको धार्मिक मात्र नभएर दैनिक जीवनमा औषधीय महत्व निकै भएकाले यो अनिवार्य र अतिआवश्यकीय वनस्पति हो भन्ने सचेतनाका लागि जेठ शुक्ल र असार शुक्ल एकादशी हिन्दू मैथिल परम्परामा महत्वपूर्ण पर्व मानिँदै आइएकोे पूर्वीय परम्परा र कर्मकाण्डका ज्ञाता महोत्तरीको बर्दिवास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

आयुर्वेदमा तुलसीको महत्वबारे वर्णन गरिनुका साथै मठ (तुलसी रोपिने ठाउँ) लाई पवित्र मानिएको छ । तुलसीका बिरुवाले वरिपरिका विभिन्न विषाक्त वायु हटाउने र सबै प्रकारका प्रदूषण हटाएर वातावरण स्वच्छ बनाउने विश्वास गरिन्छ । सनातन हिन्दू परम्परामा मृत्यु श्ययामा पुग्दासमेत तुलसी मिश्रित जलले सेचन गर्ने र  पियाउने परम्परा रहेको छ । यसले आत्मा पवित्र हुने र मोक्ष प्राप्ति हुने विश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ९विद्यापीठ० का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
 
हिन्दू मैथिल परम्परामा तुलसीको दल राख्नु एक दिनपूर्व वर्षभरिका धार्मिक अनुष्ठानमा प्रयोग गरिने पूmलका दल राख्ने परम्परा छ । गङ्गा दशहरा भनिने जेठ शुक्ल दशमीकै दिन पवित्र गङ्गा (नदी) पृथ्वीमा झरेकी (गङ्गालाई माता भनिने परम्पराअनुसार स्त्रीवाचक शब्दको प्रयोग गरिन्छ) मान्यताअनुसार मिथिलामा कमला नदीलाई गङ्गाको महत्व दिँदै नदी सचेतना यात्रा शुरु गरिने परम्परा छ ।
 यस अवसरमा ‘कमला जलाधार संरक्षण अभियान नेपाल’ ले पानीको महत्व उजागर गर्दै ‘पानी रे पानी’ कार्यक्रम गरेर कमलाको उद्गमस्थल चुरे पहाडदेखि गङ्गामा समाहित हुने ठाउँसम्म सरसफाइ सचेतना अभियान सञ्चालन गर्दै आएको छ । यसपालि जेठ शुक्ल दशमीका दिन सोमबार नै अभियान शुरु भएको अभियानका संस्थापकमध्येका धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया बताउनुहुन्छ ।