१९ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘सरकार उल्टो बाटोमा, आफ्नो खुट्टामा आफैंले बन्चरो हान्यो’



अ+ अ-

डा. द्वारिकानाथ ढुङ्गेल

डा विष्णुराज उप्रेतीको संयोजकत्वमा  नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलन समिति गठन भएपछि त्यसमा को परे, को परेनन् भन्ने कुरा सामाजिक सञ्जालमा देखिन थालेका छन् । समितिमा परेका सबैलाइ बधाई ।

तर, मुल विषय समितिमा को परे वा परेनन भन्ने होइन । सरकार उल्टो बाटो हिड्याे , र आफ्नो खुट्टामा बन्चरो हान्न पुगेको छ । यो कुरा बिचारणीय छ । सबै प्रमाण छन् र  तिनै आधारमा नक्सा निकालिएको भन्ने तथा भारतलाई वार्ता गर्न आह्वान गर्ने ओली सरकार अहिले आएर प्रमाण संकलन गर्ने कार्यआदेश सहित उप्रेती समिति गठन गर्न पुग्दछ ।

प्रमाण संकलन गर्ने काम बाँकी थियो भने किन नक्सा प्रकाशित गर्यो ?  किन प्रकाशित नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसद समक्ष प्रस्तुत गर्यो ? समितिले प्रमाण पाइएन भन्यो भने, के सरकार प्रकाशित नक्सा फिर्ता लिन्छ रु सरकारको यस्तो व्यवहारलाई छिमेकीले कसरी हेर्लान र पलट वार गर्लान ?

जुन विज्ञतालाई समिति समावेश गरिएको छ, तिनको मूल्याँकन वा अब मूल्याँकन के गरेको, सरकार ? सरकार खेलाँची गरिरहे को वा विषयमा गम्भीर, बुझ्न सकिएन है ?

 

 

याे पनि पढ्नुहाेस्

 

डा उप्रेतीको संयोकत्वमा बनेको समितिलाई तोकिएको कार्यदेश 

१) सार्वजनिक निकायलगायत विभिन्न संघसंस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर–पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने सक्कल वा प्रमाणित प्रतिलिपि वा प्रतिलिपि संकलन गर्ने । 

२) सात क्षेत्रका प्रमाण संकलन गर्ने कार्यादेश तोकिएको छ । जसअनुसार नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारीपत्र, तत्कालीन इस्ट इन्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग पत्राचार, नेपाल–भारत सीमासम्बन्धी नक्सा (सुरुदेखि हालसम्म संयुक्त रूपमा र दुवै पक्षबाट प्रकाशितसमेत) संकलन गर्नुपर्नेछ ।

३) सरकारी प्रतिवेदन, आदेश, अन्य आधिकारिक तथ्य एवं प्रमाण, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य एवं प्रमाण, अदालती फैसलासम्बन्धी प्रमाण खोज्न भनिएको छ । यसैगरी जग्गाको स्वामित्वको प्रमाणपत्र तथा राजस्व, मालपोत, भूमिकर, तिरोभरो, तिरो तिरेका रसिद, भरपाई पत्रलगायत प्रमाण जुटाउने ।