१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोभिड-१९ को अर्थतन्त्रमा प्रभाव: २२.५ प्रतिशत मानिसहरुले रोजगारी गुमाए



अ+ अ-

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२ दशमलव ५ प्रतिशत कर्मचारी/कामदारहरुले रोजगारी गुमाएका छन् ।

यो अवधिमा होटल, रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी कर्मचारी/कामदारहरु कटौति भएको पाइएको छ । त्यस्तै घरेलु उद्योग, लघु उद्यम लगायतका खुद्रा व्यापारिक क्षेत्रमा सबैभन्दा धेरै कामदार कटौति भएको राष्ट्र बैंकले जनाएको छ । लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा र ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेका छन् । त्यसबाहेक ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द भएका छन् ।

अधिकांश उद्योग/व्यवसायहरु बन्दा हुँदा अर्थतन्त्रमा गहिरो असर परेको निष्कर्ष राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनको रहेको छ । लकडाउनको अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन् । अन्य सुविधामा पनि उल्लेख्य कटौति गरेको प्रतिवेदनमा उल्लेख छ । यो अधिमा उद्योग व्यवसायहरुले औसतमा ७३ दशमलव ८ प्रतिशत उत्पादन/कारोबार घटेको बताएका छन् ।

ठलो परिमाणमा उद्योग/व्यवसायहरुको उत्पादन घटनुले आर्थिक क्रियाकलापमा उल्लेख कमि आएको पुष्टि हुने राष्ट्र बैंकको निष्कर्ष छ । सर्वेक्षणले अधिकांश उद्योग व्यवसायहरुले नेपाल सरकारले बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराए रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने देखाएको छ ।