२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेकपा सचिवालय बैठक आह्वान



अ+ अ-

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाएका छन्। सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । प्रतिवेदनमाथि छलफलका लागि यही भदौ १३ गते सचिवालयको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवासमा मङ्गलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे । कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए। प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिए। कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।

सहकार्य मूल मर्म
कार्यदलको प्रतिवेदनले पार्टीमा नयाँ र एकताको सकारात्मक सन्देश दिएको युवा नेताको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल कार्यदलले बुझाएको प्रतिवेदनप्रति निकै आशावादी छन् ।
पार्टी विदेश विभागका उपप्रमुखसमेत रहेका नेता रिजालले सहमति र सहकार्यका आधारमा पार्टीलाई निकास दिनुपर्ने कुरामा जोड दिए ।

युवा नेता तथा राजनीतिक विश्लेषक हरि रोका यसले नेकपालाई निकास दिनेमा विश्वस्त छन् । उनले भने, “मैले प्रतिवेदन अध्ययन गर्न पाएको छैन तर प्रतिवेदनका बारेमा जुन कुरा बाहिर आएका छन्, त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ ।” गोरखापत्र दैनिक