२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापनः उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर



अ+ अ-

काठमाडौँ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।

त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको उनले बताए । बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने बताउँदै महानिर्देशक शर्माले बानेश्वर, त्रिपुरेश्वर र गौशालामा फ्लाई ओभरको सम्भाव्यता अध्ययनका लागि चीनसँग समझदारी पत्रमा हस्ताक्षर भई काम सुरु भएको जानकारी दिए ।
चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न हुने बताउँदै उनले यी फ्लाई ओभरको निर्माण चीन र जापान सरकारको ऋण सहयोगमा हुने स्पष्ट पारे । सडक विभागका अनुसार यसअघि चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर फ्लाई ओभर निर्माण गर्न सर्भे तथा डिजाइनका लागि परामर्शदाता चयनका लागि बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

त्रिपुरेश्वर–माइतीघरको अध्ययन
त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चापलाई कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाई ओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । यो फ्लाई ओभर निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जाइकाको सो प्रतिवेदन अनुसार यो फ्लाई ओभर निर्माण गर्न नेपाली सेनाको जङ्गीअड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ तर सेनाले सुरक्षा संवेदनशीलता देखाउँदै जग्गा दिन अस्वीकार गरेपछि सो प्रतिवेदन त्यतिकै थन्किएको छ । त्रिपुरेश्वर–माइतीघर फ्लाई ओभरको दूरी एक किलोमिटर र चौडाइ चार लेनको हुने जाइकाको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । राजधानीमा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा करिब १० मिनेट जाममा बस्नुपर्ने बाध्यता छ ।

बजेटमा फ्लाई ओभर
आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत चक्रपथको तीन स्थानमा नेपालकै पहिलो फ्लाई ओभर निर्माण गरिने भन्ने उल्लेख छ । त्यसैगरी, काठमाडौँको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाई ओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गर्न तथा नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी आवागमन सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिक