२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोनाविरुद्धको २ करोड ५० लाख डोज भ्याक्सिन माघसम्म नेपाल आउन सक्ने



अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ ।हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए । उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया पूरा हुँदै गए आगामी माघसम्म नेपालमा भ्याक्सिन आइपुग्छ ।’ ‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको उनले बताए । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको रसियन डाइरेक्ट फन्डको वेबसाइटमा उल्लेख छ । भ्याक्सिन सन्दर्भमा ट्रिनिटीले गत जेठदेखि पहल गर्दै आएको थियो । फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए । २ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ ।

भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीले अहिलेसम्म खोप ल्याउन कसैको पनि निवेदन नपरेको बताए । उनले भने, ‘यस बारेमा जानकारी आएको त छ । तर, कसैले पनि खोप आयात गर्न अनुमति लिनुभएको छैन ।’ हाल कोरोना भाइरसविरुद्ध १ सय ४० वटा खोप परीक्षणको चरणमा रहेका छन् । स्रोतका अनुसार रुसी भ्याक्सिनलाई डब्ल्यूएचओले स्वीकृत नगरेको र अनुसन्धानकै क्रममा रहेको छ ।

दोस्रो चरणको परीक्षण पूरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । राजधानी दैनिक