२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चिकित्सक संघको चेतावनीः डा. केसीसँग वार्ता नगरे आकस्मिक र कोभिडबाहेकका सबै सेवा बन्द गर्ने



अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको २४ घण्टा बितिसक्दा पनि वार्ता टोली गठन नगरिएपछि हडतालमा जाने चेतावनी दिएको हो । ‘डा. केसीको खस्कँदो स्वास्थ्य स्थितिका कारण ७२ घण्टाभन्दा बढी कुर्न सक्दैनौं,’ संघका अध्यक्ष डा. लोचन कार्कीले भने । ६ बुँदे माग अघि सारेर २२ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । उनको उमेर र फैलँदो कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म अनशनमा बस्न दिन नसकिने निष्कर्षमा चिकित्सक पुगेका हुन् । ‘उहाँको उपचार प्रक्रियामा संलग्न चिकित्सकको निकट सम्पर्कमा छौं, स्वास्थ्य स्थिति खस्कँदो छ, हामी कुर्न सक्दैनौं, कडा पाइला चाल्न बाध्य हुनैपर्छ,’ डा. कार्कीले भने ।

चिकित्सकले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर डा. केसीको जीवनरक्षा गर्न तथा आम जनताको फाइदा हुने माग सरकारबाट पूरा गराउन आग्रह गरेका छन् । ‘पुष्पकमलजीले आफूले यसबारे कुरा गर्ने बताउनुभयो,’ उनले भने, ‘जनताका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा र सुविधा माग गरिरहेका हाम्रा अग्रज शान्तिपूर्ण सत्याग्रहमा हुनुहुन्छ । हामी उहाँलाई गुमाउन चाहँदैनौं ।’

यसैबीच, डा. केसीले अघि सारेका माग सम्बोधन गरेर जीवनरक्षा गर्न माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूले सोमबार महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा धर्ना दिएका थिए । कान्तिपुर दैनिक