२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गुणस्तरहीन स्यानिटाइजरः जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्ड



अ+ अ-

काठमाडौं । नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराउँदै यसको प्रयोग नगर्न दैनिक अखबारहरुमा सार्वजनिक सँचनाजारी गरेको छ । भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सँर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ । औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् । त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

नेपाल समाचारपत्रले चारवटै कम्पनीसँग सम्पर्क गरी उनीहरुको प्रतिक्रियालिने प्रयास गरेकोमा नेपालस्थित भारतीय कम्पनी आरएल कर्पका प्रमुख व्यवस्थापक सक्षम चौधरी मात्र उपलब्ध भएका छन् । ‘हाम्रो स्यानिटाइजर गुणस्तरहीन भएको हामी स्वीकार गर्छौंं, तर सबै ब्याचका सामान गुणस्तरहीन भएको भने होइन, केही सामानमा समस्या देखिएपछि हामीले बजारबाट फिर्ता लैजाने प्रक्रिया शुरु गरिसकेका छौं ।’ –चौधरीले औषधी व्यवस्था विभागमा असोज ६ गते २४२३ नम्बर चिठी दर्ता गरेर समस्या रहेको स्वीकार गरिसकेको जानकारी गराए ।

काठमाडौं, मखनस्थित व्यापारी धीरज महर्जन ग्राहकले सामान किन्दा ब्याच नम्बर हेरेर किन्ने अभ्यास नै नभएकाले उनीहरु ठगिने सम्भावना रहेको बताउछन् । ‘भन्ने बेलामा आईएसओ प्रमाणित बहुराष्ट्रिय कम्पनी भन्छन्, आकर्षक प्याकेजिङ गर्छन् तर, भित्र सामान भने गुणस्तरहीन हुने गर्दछ, झुक्याउनुको पनि हद हुन्छ नि।’ –महर्जनले भने ।कम्पनीहरुले कानुन र आचारसंहिता पँर्णरुपले पालन गर्नुपर्छ, कोरोना महामारीका बेला पनि आम उपभोक्तामाथि खेलबाड गर्नेहरुलाई छोड्नुहुन्न, कडा कारबाही गर्नुपर्छ।’ –महर्जनले थप्दै भने ।

‘स्यानिटाइजर लगाएँ भनेर ढुक्क भयो, तर कोभिड संक्रमण भयो, मान्छेको ज्यान गयो भने के यी नक्कली सामान बेचेर मुनाफा कमाउनेहरुले क्षतिपँर्ति दिनसक्छन् ?’, लक्ष्मण कोइराला नाम बताउने महर्जनकै पसलमा स्यानिटाइजर किन्न आएका ग्राहकले भने– ‘महामारीजस्तो संवेदनशील अवस्थामा पनि जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्डहरुलाई खारेज गर्नुपर्छ ।’ नेपाल समाचापत्र दैनिक