२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अस्ट्रेलियाले नेपाललाई यस वर्ष २ करोड १४ लाख डलर मात्रै सहयोग दिने



अ+ अ-

अस्ट्रेलिया । अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा २ करोड १४ लाख डलर (करिब १ अर्ब ७० करोड) रुपैयाँ सहयोग दिने भएको छ । यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ९ लाख डलरले कम हो । अस्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गले जारी गरेको बजेट घोषणामा अस्ट्रेलियाले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने रकममध्येबाट नेपाललाई उक्त रकम दिइने उल्लेख गरिएको छ । दक्षिण एसियालीलगायत विभिन्न देशलाई अस्ट्रेलियाले हरेक वर्ष सहयोग दिँदै आएको छ ।

दक्षिण एसियाली देशलाई घोषणा गरिएको आर्थिक सहयोगमा अस्ट्रेलियाले यस वर्ष गत वर्षको भन्दा करिब ७ करोडले कमी गरेको छ । सबैभन्दा धेरै कटौती अफगानिस्तानको सहयोगमा गरेको छ । गत वर्ष ८ करोड २० लाख सहयोग दिइएकामा यस वर्ष घटाएर ५ करोड ५३ लाखमा झारेको छ । यसैगरी पाकिस्तान र बंगलादेशलाई दिइने सहयोग समेत उल्लेख्य रुपमा घटाइएको छ ।

बजेट घोषणाअनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र दक्षिण तथा पश्चिम एसियाका ग्रामीण क्षेत्रका लागि १९ करोड ३० लाख डलर सहयोग घोषणा गरेको छ, जुन गत वर्ष २६ करोड ६० लाख डलर थियो ।

अस्ट्रेलियाली राजनीतिका जानकार सञ्चारविद् डा। भरतराज पौडेलले अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तानलगायतका देशको सहयोग रकम धेरै कटौती गरेको सन्दर्भमा नेपालको रकममा कटौती नहुनु खुसीको कुरा भएको दाबी गरे । कान्तिपुर दैनिक