२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा ‘नेपाल’ पुनः निर्वाचित



अ+ अ-

न्यूयोर्क । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) सदस्यमा पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो।

नेपाल तिन वर्षे कार्यकाल (२०२१–२०२३) का लागि पुनः नियुक्त भएको विज्ञप्तिमा जनाइएको छ। नेपाल १५० भोट पाएर एचआरसी सदस्य अर्को तिन वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएको हो। यसअघि सन् २०१८ बाट नेपाल यसको सदस्य रहँदै आएको छ।

गोप्य मतदान मार्फत् एसिया पेसिफिक क्षेत्रबाट नेपालसहित अन्य तिन देश निर्वाचित भएका छन्। निर्वाचनबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सन् २०२३ सम्मका लागि एचआरसीको सदस्यमा निर्वाचित भएका हुन्।

एचआरसीमा १५ सदस्य हुने व्यवस्था छ। अन्नपुर्णपोष्ट दैनिक