२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

करका अधिकांश प्रक्रिया अनलाइनबाटै



अ+ अ-

काठमाडौँ । करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने विगत अहिले फेरिएको छ । कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ । कोभिडका कारण कार्यालयमा उपस्थित भएर हुनसक्ने जोखिमलाई कम गर्दै करदातालाई घरमै बसेर अनलाइनबाटै अधिकांश सुविधा उपलब्ध गराइरहेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर (पी पान) दर्ताको यसअघिको अनलाइन प्रणालीमा सुधार गरेर अनलाइनबाटै लिनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै विवरण बुझाउने अनि अद्यावधिक गर्ने कामलाई पनि सम्पूर्ण रूपमा अनलाइनमा ल्याइएको तथा पहिलेको प्रक्रियामा सुधार गरिएको उनले जानकारी दिए। जतिसुकै कर पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने पनि व्यवस्था पनि गरिएको छ, उनले भने । नेपाल राष्ट्र बैङ्कसहित अन्य आठवटा बैङ्कको समेत लगानी रहेको कनेक्ट आईपीएसमार्फत करदाताले कर भुक्तानी गर्न सक्छन् । यसबाहेक ‘डे वान’ प्रकृतिका करदाताले अनलाइनबाटै कर चुक्ता गर्नसक्ने व्यवस्था पनि विभागले गरेको छ । आय विवरण बुझाउने म्याद थपको विवरण र त्यसको जानकारी पनि करदाताले अनलाइनबाटै प्राप्त गर्नसक्ने छन् ।

करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र बिर्सिएमा आफैँ अर्को बनाउन सक्नेगरी अनलाइन प्रणाली सहज बनाएको पनि विभागले जनाएको छ । आफ्नो विवरण आफैँ अद्यावधिक गर्न पनि अनलाइनको प्रयोग गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले आफ्नो वेबसाइट डब्लूडब्लूडब्लू डट आईआरडी डट जीओभी डट एनपीमा करदातालाई अनलाइन प्रयोगसँग सम्बन्धित सम्पूर्ण जानकारी पनि उपलब्ध गराएको छ । गोरखापत्र दैनिक