३ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खसी, बोका, भेडा, च्याङ्ग्राको माग अनुमान गर्न कठिन भो  — व्यापारी



अ+ अ-

काठमाडौं । यो बर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो? अवस्था एकिन गर्न कठिन भएको व्यापारीले बताएका छन् । महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्न क्रममा व्यापारीले भने – ‘हरेक बर्षको दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो । महामारीले कति मानिस उपत्यका बाहिर गए? कति जान्छन्? दशैं कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने भयो ।’ 

काठमाडौं चौपाया खरिद बिक्री प्रा. लि. ले यसपटक दशैमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । 

यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन् । दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाउँदै छौं । महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झा भन्नुहुन्छ — ‘डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गर्दैछौं । संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गराउने हाम्रो दायित्व हो । त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने बिक्रीलाई नियमन गर्नेछौं ।’

माछा मासुजन्य खाद्यबस्तु तथा दूध र डेरीजन्य खाद्यबस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेर्नेछौं । 

दशैंमा प्रयोग हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद विक्री प्रा. लि. का अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङ्मा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७५० हुँदा पुगेको छ । स्थानीय प्रशासनले सुरुमा यसको मूल्य ६ सय तोकेको थियो । यो मूल्यमा बिक्री नभएपछि पछि बढाएर ७५० पुर्याइएको हो । 

खड्काका अनुसार काठमाडौंमा यदि ६० हजार खसी बोकाको माग भयो भने आयात माग पूरा गराउन सकिन्छ । ल्याउन सकिने अवस्था छ । तर, ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । 

काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए । तीमध्ये १६ वटाले व्यापार छाडे । अहिले १६ स्टलबाट व्यापार भइरहेको छ । यी स्टलसँग व्यापार गर्ने बढीमा १ सय जना व्यापारी होलान् । लकडाउनले व्यापारीको संख्या घटायो । चौपाया खरिद बिक्री प्रा. लि. का पदाधिकारीकाअनुसार, यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ । पछिल्लो समय सहरका केही ठाउँका मासु पसलले महिनामा १ हजारवटाभन्दा धेरै चौपायाको मासु बेच्न थालेका छन् । ती पसलले चौपाया सोझै खरिद गरेर ल्याउन थालेका छन् । 

काठमाडौं महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैका बेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । 

स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने गरिन्छ । काठमाडौं ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि बिशेष निगरानी बढाउने गरिन्छ । 

म्हानगरले आफ्नो भौगोलिक क्षेत्रसँगै अन्तर नगर, साझेदारबीच समन्वय गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरेको छ ।