२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

होम इग्जामको नौलो अनुभव



अ+ अ-

काठमाडौँ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् ।

नौलो अनुभव गर्यौ
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी हुनुभयो । सधैं भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगाल्नुभएका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उनले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गरे । परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उनी सुनाउछन् । घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण भएको उनी बताउछन् । “परीक्षा केन्द्रमा नभई घरमै परीक्षा दिए पनि यताउता सल्लाह गर्ने तथा किताब कापी हेर्न लागेको अवस्थामा भने पूरै प्रश्न भ्याउने सम्भावना हुँदैन”, उनी भन्छन् । घरबाटै परीक्षा दिँदा प्रविधिको हिसाबले भने सधैँ समस्या भइरहने अनुभव छ परीक्षार्थीको । खासगरी उत्तरपुस्तिका लेखन सकेपछि सम्बद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगे नपुगेको विषयले भने सधैँ तनाव बनाउने गरेको अनुभव विद्यार्थीको छ ।

अनलाइन माध्यमबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी हुनुभएका विपुल पोखरेल घरमा बसेर परीक्षा दिँदा परीक्षाको स्तरीयता कायम नरहला र हेर्ने सार्नेमा जाला कि भन्ने आफ्नो पूर्वानुमानभन्दा फरक तरिकाको परीक्षा भएको बताउनुभयो । खासगरी मौलिक खालको प्रश्नपत्र सोध्ने शैलीका कारण पनि आफूले सोचेभन्दा राम्रो खालको परीक्षा भएको उनको भनाइ छ । परीक्षा हलमा तीन घण्टा लेख्नेभन्दा फरक शैलीमा घरबाटै परीक्षा दिए पनि यसले सही मूल्याङ्कन गर्न सक्छ भन्ने आफूलाई लागेको पोखरेलले बताउछन्। नयाँ अनुभव भएकाले परीक्षाको त्रास भने कायमै रहेको उनको भनाइ छ ।

यसरी पठाइन्छ उत्तरपुस्तिका
भर्चुअल माध्यमबाट प्रश्नपत्र पाइसकेपछि विद्यार्थीले तीन घण्टामा लेखेर सक्नेबित्तिकै सम्बद्ध विश्वविद्यालयको कार्यालयमा पठाउनुपर्छ । त्यसअघि तीन घण्टामा लेखेको उत्तरपुस्तिकाका पानाका तस्बिर खिचेर या स्क्यानिङ गरेर पठाइन्छ । विद्यार्थीले उत्तरपुस्तिका पठाएको एक मिनेटमा विद्यार्थीलाई उत्तरपुस्तिका प्राप्त भएको प्रतिक्रिया प्राप्त हुन्छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले अहिलेको परिस्थितिअनुसार अनलाइन माध्यमबाट विद्यार्थीसित लिइएको परीक्षा सकारात्मक रहेको बताए । परीक्षा प्रारम्भ भएको दिन विश्वविद्यालयका तर्फबाट सानातिना कमजोरी भएको, दुई तीनवटा कलेजले उत्तरपुस्तिका पठाउन केही समस्या देखिएको भए पनि विस्तारै यसको समाधान भएको उनी बताउछन् । सङ्क्रमण कायमै रहेको अवस्थामा आगामी दिनमा यस खालको अनलाइन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उननले बताए ।

परीक्षणमा अन्योल
अनलाइन माध्यमबाट लिइएको परीक्षाको परीक्षण कुन माध्यमबाट गर्ने भन्नेचाहिँ अहिलेसम्म निधो हुन सकेको छैन । उत्तरपुस्तिका प्रिन्ट गरेर परीक्षण गराउने या प्रविधिबाटै परीक्षण गराउने भन्नेमा आफूहरू निचोडमा पुग्न नसकेको उपकुलपति कोइरालाले बताए । प्रविधिको माध्यमबाट विद्यार्थीले परीक्षाको अवधिमा के काम गरिरहेका छन् भनेर हेर्न सक्ने अवस्था नरहेको र परीक्षाको समय सकिएपछि भने तुरुन्त उत्तरपुस्तिका पठाउनुपर्ने व्यवस्था गरिएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयले भने उत्तरपुस्तिका प्रिन्ट गरेर चेक गर्ने र विद्यार्थीको उत्तरपुस्तिका पनि सुरक्षित रूपमा सङ्कलन गर्ने गरिएको बताए। 

लुम्बिनीले सञ्चालन गरेको अनलाइन परीक्षाबाट सकारात्मक सन्देश गएको र आगामी दिनमा पनि यस खालको परीक्षा निरन्तर सञ्चालन हुने जनाएको छ । सुरुमा सबै हच्किए पनि सञ्चालित परीक्षाबाट सकारात्मक सन्देश गएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न वज्राचार्यले जानकारी दिए । अब केही दिनमै स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिने गरी आफूहरूले सुसूचित गरिसकेको जानकारी उपकुलपति वज्राचार्यले दिए । स्नातकोत्तर तहका विद्यार्थीको परीक्षापछि अब स्नातक तहका विद्यार्थीले पनि अनलाइन परीक्षाकै माग गरेको जनाइएको छ । विद्यार्थीलाई भर्चुअल माध्यमबाट लिइने परीक्षा क्यामरामा प्रत्यक्ष रूपमा देखिने र विद्यार्थीको अनुगमन गर्नसमेत मिल्ने भएकाले परीक्षाको विश्वसनीयता कायम गर्न सकिएको उपकुलपति वज्राचार्यले बताए । गोरखापत्र दैनिक