२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दशैंभरी ३३४ सवारी दुर्घटना, ४३ जनाको मृत्यु र ५१९ जना घाइते



अ+ अ-

काठमाडौं । यसपाली दशैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । दशैंको मुख्य पाँच दिनमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दशैँको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको छ । यस बीचमा ठूला दुर्घटना पनि हुन पाएन । सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो । गत वर्ष दशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो ।

काठमाडौँ उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २७८ जना घाइते भएको जानकारी दिए । अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको महाशाखाले जनाएको छ ।

ड्रोनबाट निगरानी

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दशैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउछन् । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको दावी छ । दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले जानकारी दिए । राजधानी दैनिक