२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कक्षा १२ को परिक्षा नजिकको परीक्षा केन्द्र र होम सेन्टरमा गर्ने तयारी



अ+ अ-

काठमाडौं ।  चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

एक बेञ्च, एक विद्यार्थी
राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।

यस्तो छ बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर दिइएको छ । यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् ।, गोरखापत्र दैनिकबाट