२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा



अ+ अ-

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् । कोरोनाभाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न उनले देशभरी नै दोस्रो पटक लकडाउन गर्ने घोषणा गरेका हुन् ।

आउँदो डिसेम्बरमा सदाको झै क्रिसमस रहेको हुँदा त्यसबेला पनि मानिसहरुको अधिक मात्रामा भिड हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि बेलायतका प्रधानमन्त्री जोनसनले सम्पुर्ण परिवारहरुलाई यसपटकको क्रिसमस फरक हुने बताउदैं घरमै सँगै बसेर मनाउन आग्रह समेत गरेका छन् । 

बिहीबारबाट पब, रेस्टुरेन्ट, जिम र अतिआवश्यक सूचीमा नरहेका पसलहरु चार हप्ताका लागि बन्द हुने उनले जनाएका छन् । तर, स्कूल, कलेज र विश्वविद्यालय भने सञ्चालन गर्न पाइनेछ । २ डिसेम्बरबाट प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगिने पनि उनले जानकारी दिए ।