२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सार्वजनिक यातायातमा भाडा लिस्ट अनिवार्य टाँस्नुपर्ने



अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही गर्ने अभियान थालेको छ । सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘यात्रु ठगिनबाट रोक्नका लागि सबैले देखिने ठाउँमा भाडादरको लिस्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको हो,’ उनले भने । सवारीसाधनले त्यस्तो लिस्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने उनको भनाइ छ । 

महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा सवारीसाधनको चेकजाँच थालेको छ । यात्रुबाहक सवारीसाधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गरेको गुनासो आएपछि काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । 

सडक र सवारी प्रयोगकर्ताहरूलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै महाशाखाले सवारीसाधनमा ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने, हर्न बजाउने, ढोका खुला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई यसै अभियानमार्फत कारबाही गरिरहेको जानकारी दिएको छ । नयाँ पत्रिका दैनिक