२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा, पार्टी बैठक अनिश्चित !



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताले गरेको आग्रहपश्चात् समेत सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको हो । अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग बैठकका लागि लिखित रूपमै आग्रह गरेका छन् । भेटका क्रममा नेताबीच ‘घोचपेच’ शैलीमै छलफल सुरु भएपछि बैठक बस्ने विषयमा सहमति जुट्न नसकेको नेकपा स्रोतको भनाइ छ । शनिबार अध्यक्ष दाहालसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित रूपमै बैठकका लागि आग्रह गरेका हुन् । शनिबार र शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफलपश्चात् अध्यक्ष दाहालसहितका नेताले सामूहिक रूपमै बैठक बस्न आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा एवं समग्र विषयमा छलफलका लागि सचिवालय बैठक बस्नुपर्ने बताए । अध्यक्ष दाहालसहित सचिवालयका पाँचै जना नेताले सामूहिक रूपमै अर्का अध्यक्ष ओलीसँग भेटेरै बैठकका लागि आग्रह गरिएको उनले बताए । गत २६ भदौमा सकिएको स्थायी कमिटीको निर्णय कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष दाहालसहितका नेताले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि दबाब दिएका छन् । आफूविरुद्ध गुटबन्दी भएको बताउँदै ओलीले बैठक बोलाउन नचाहेको बताइएको छ । बैठकको आवश्यकताबारे स्पष्ट गर्दै अध्यक्ष दाहालले विगतका कुरासमेत गरेका छन् । भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको बताउँदै अध्यक्ष दाहालले यसबीच थप समस्यासमेत भएकाले बैठक बसेर छलफल गर्नुपर्ने मत राखेको नेकपा स्रोतले जनाएको छ ।

‘पार्टीका निर्णय कार्यान्वयनसहित यसबीचमा देखिएका समस्यालगायतका विषयमा छलफल गरौं । बैठक बसौं भनेर मैले भन्दा तपाईं (ओली)ले मान्नुभएन,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले बैठक राख्छु भन्दा तपाईं पार्टी फुटेको मान्छु र अर्को बैठक राख्छु भन्नुहुन्छ । त्यसैले अनौपचारिक बैठक राखें र सबै साथीको सुझावसहित यहाँ आएको छु । म फेरि पनि आग्रह गर्छु, बैठक राखौं र छलफल गरौं ।’ दाहालको आग्रह सुनेपछि ओली पनि आक्रमक रूपमा प्रस्तुत भएको बताइएको छ । ‘तपाईंको कुरा पनि यस्तै हो । सधैँ गुटबन्दी गर्ने र गुटका कुरा सुनेर जालझेल गर्नुहुन्छ । यसरी कसरी हुन्छ ? मैले बैठक नराख्ने कहिले भनेको छु र ? छलफल गरौं । सहमति गरेरै बैठक बसौं,’ ओलीले भने । लगत्तै अन्य नेताहरूले ‘आइतबार या सोमबार नै बैठक बसौं’ भनेका थिए । तर, ओलीले भोलि या पर्सि नै नभई छलफल गरेर बस्नुपर्ने जवाफ दिएका थिए । गुटबन्दी गरेको ओलीको भनाइप्रति प्रतिवाद गर्दै अन्य नेताले एकै स्वरमा भनेका थिए, ‘तपाईंले भेला गर्दा हुने, जुम बैठक गर्दा हुने तर अरूले छलफल गर्दा गुटबन्दी हुने ।’

यसअघि दाहालसँगको छलफलमा ओलीले औपचारिक बैठक बोलाए त्यही नै पार्टी विभाजनको बिन्दु हुने चेतावनी दिएपछि सचिवालयका पाँच नेताले सामूहिक रूपमा भेटेका हुन् । छलफलका क्रममा वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीको विरोध गरेको स्रोतले जनाएको छ । ‘तपाईंकै कार्यशैलीका कारण यति धेरै साथीले विरोध गर्ने ठाउँमा पुगेको हो तर तपाईंले गल्ती स्वीकार गरेर आत्मालोचना नै गर्नु नपर्ने ? तपाईंमा भ्रम छ, सबै राम्रै गरेको छु । आफू ठीक अरू गलत भन्ने भ्रम छ तपाईंमा । अब बैठक राखेर खुला रूपमा छलफल गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय, विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताए । पार्टी बैठकका निर्णय नै कार्यान्वयन नहुने, आफूखुसी हिँड्न खोजेकाले समस्या भएको उनले बताए । पार्टी बैठकका निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले बैठक बस्नमा ढिलाइ नगर्न आग्रह गरे । उपाध्यक्ष गौतमले समेत ओलीमाथि आरोप लगाउँदै बैठकमा छलफल र भएका निर्णय मानेर अगाडी बढनुको विकल्प नभएको बताए । विगतका निर्णय कार्यान्वयन नभएको बताउँदै उनले छिटोभन्दा छिटो बैठक बस्नुपर्ने बताए । विगतमा सहयोग गर्दै आएको भए पनि कार्यशैलीमा सुधार आउन नसकिएकाले अब सहयोग गर्न नसकिने गौतमले बताए ।

नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहालको मतभेद हुँदा विवाद झन् चर्किएको हो । राजधानी दैनिक