१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बामदेवको नियुक्तिसम्बन्धी रीटमा आज सर्वोच्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधीशभामा पराजित ब्यक्ति बामदेब गौतमलाई राष्ट्रियशभाको सदस्यमा गरिएको मनोनयन गैर कानुनी भन्दै सर्वोच्च अदालतमा परेको रिट माथी आज सुनुवाई हुदैछ । असोज १२ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग  गर्दे दायर गरेको रिटमा सुनुवाई हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुदैछ ।

यस अघि सर्बोच्च अदालतले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष समेत रहनु भएका गौतम २०७४को प्रतिनिधी शभाकोृ निर्बाचनमा बर्दिया बाट पराजित हुनु भएको थियो । गौतमलाई राष्ट्रपति बिद्यादेबी भण्डारी बिज्ञका रुपमा राष्ट्रियशभामा नियुक्ती गर्दे उहाँलाई संसद प्रबेश गर्ने बाटो खुल्ला गरिदिनु भएको थियो ।